विद्युतीय सवारीमा लगानी गर्ने भन्दै प्रभु बैंकले ल्यायो ५० लाख डलर ऋण

२०८० जेष्ठ २२, सोमबार ०९:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रभु बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एस.ए. बाट ५० लाख डलर ऋण लिएको छ । बैंकले विद्युतीय सवारीसाधनमा लगानी गर्न भन्दै ५० ऋण लिएको हो ।

विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न चार वर्षे अवधिका लागि ५० लाख डलर बराबरको ऋण प्राप्त गरेको बैंकले जनाएको छ । उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारी साधनहरू खरीद तथा आयातमा खर्च गर्ने बैंकको योजना छ ।

‘यो रकम विद्युतीय गाडि आयात र त्यसको फाइनान्समा खर्च हुनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘अन्य एजेन्सीसँग पनि वित्तीय स्रोतको रूपमा ऋण ल्याउनेगरी छलफल भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार