‘निसर्ग अस्पताल’बाट सेवा लिएबापत ‘आईएमई पे’ मार्फत २५ प्रतिशत छुट प्राप्त गर्न सक्ने सम्झौता

२०८० जेष्ठ १८, बिहीबार ०९:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । ‘आईएमई पे’ र निसर्ग अस्पतालबीच छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालबाट सेवा लिएबापतको भुक्तानी ‘आईएमई पे’ मार्फत गर्ने ग्राहकले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थराज पन्त र आईएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरे ।

१ वर्षसम्मका लागि भएको सम्झौतामा अस्पतालबा विभिन्न सेवा लिए बापत आईएमई पेबाट भुक्तानी गर्ने ग्राहकले ५ देखि २५ प्रतिशतसम्म छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार