टेक्नोलोजिको चर्चित ब्राण्ड ब्रदरको नयाँ शो रुम काठमाडौंको कलंकीमा सुरु

२०८० कार्तिक १६, बिहीबार १७:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रिन्टिङ, फोटोकपी तथा स्क्यानिङ टेक्नोलोजिको चर्चित ब्राण्ड, ब्रदरले काठमाडौंको कलंकीमा नयाँ शो रुम सुरु गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलनमा १ सय १५ वर्षदेखिको जापनिज ब्राण्डको नयाँ शो रुमको सुरुवात गरेको हो ।

ब्रदरको नेपालमा सागर गु्रपले विगत १५ वर्षदेखि आधिकारिक विक्रेताको रुपमा काम गर्दै आएको छ । अनुभव केन्द्रको नाम दिइएको शोरुम उद्घाटनका लागि ब्रदर इन्टरनेशनलका गल्फ क्षेत्रका प्रबन्ध निर्देशक केनोसुके हिरानो नेपाल आएका थिए । पत्रकार सम्मेलनमा ब्रदरका मेना क्षेत्रका मार्केटिङ निर्देशक अमित अलीले मुद्रण, सिलाई, र स्क्यानिङ क्षेत्रका आमुल परिवर्तनको अुनभूति दिलाउन सक्ने अपेक्षा गरिएको बताए ।

आफू यो व्यवसायको विस्तारको लागि नेपाल आउँदाको क्षण सम्झिदैँ उनले सुरुवाती दिनहरु कठिन भएपनि अब भने यो कम्पनी लोकप्रिय बन्दै गउको बताए । उनले नयाँ एक्पेरियन्स सेन्टर सुरु गर्न पाउँदा खुसी लागेको बताए । पहिलो पटक नेपालमा सन् २००९ मा नेपाल आएर व्यापार सुरु गरेको ब्रदर अहिले मुलुकको सबैभन्दा राम्रो कम्पनी मध्ये एक भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार