प्राविधिक अभावका कारण भवन संहिता लागू गर्न सकिएनः मन्त्री गुरुङ

२०८० पुष २८, शनिबार १२:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सहरी विकासमन्त्री सिता गुरुङले प्राविधिक जनशक्तिको अभावका कारण मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता लागू गर्न नसकेको गुनासो गरेकी छिन् ।

शनिबार काठमाडौंमा आयोजित सुरक्षा दिवस तथा ‘विपद् प्रतिरोधी र भौतिक पूर्वाधारको गुणस्तर’ विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता निर्माण गरेर लागु गर्नका निम्ती ७ सय ५३ वटै पालिकामा पठाइसकेको भएपनि तल्लो तहमा प्राविधिक जनशक्तिको अभाव हुँदा लागु गर्न नसकेको बताइन् ।

उनले भनिन्,‘मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता निर्माण गरेको छ । लागू गर्न ७ सय ५३ वटै पालिकामा पठाइसकेको छौं । तर मापदण्डहरु प्रभावकारी लागु हुन सकेको छैन् । किन भएन भनेर बुझ्दा तल्लो तहमा प्राविधिक नै छैन, कसरी लागु गर्नु भन्ने जवाफ आएको छ ।’

उनले विभिन्न संरचनाहरु बनाउदै गर्दा त्यसले जलवायु परिवर्तनसँग पार्ने असरको अवस्थालाई पनि जोडेर हेर्न आवश्यक रहेको बताइन् । उनले भनिन्,‘हामीले बनाएको संरचनाले पनि हामीलाई नै समस्यामा परिरहेको छ । त्यसैले संरचना बनाउँदा जलवायु परिवर्तनसँग जोडेर हेर्नुुपर्छ ।’ प्राविधिक क्षेत्रबाट मात्र दिगो विकासलाई प्रभावकारी बनाउन सकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार