विद्युत् व्यापार विधेयकमाथिको संसदीय प्रतिवेदन राष्ट्रिय सभामा पेस

२०८० कार्तिक १६, बिहीबार १३:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । संसदीय समितिले, विद्युतीय व्यापार विधेयक २०८० सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस गरेको छ । राष्ट्रिय सभाले विद्युतीय व्यापार विधेयक २०८० माथि दवाफर छलफलका लागि साउन ४ गते विधायन व्यवस्थापन समितिमा संशोधन प्रस्ताव सहित पठाएको विधेयक प्रतिवेदनसहित राष्ट्रिय सभामा पेस भएको हो ।

समिति सभापति जयन्ती देवी राईले, त्यसयता समितिले सम्बद्ध अधिकारीसँग विभिन्न बैठकमा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी दिइन ।

राष्ट्रिय सभामा प्रतिवेदन पेस गर्दै राइले भनिन्, ‘समितिमा दफावार छलफलका लागि पठाइएको विधेयकमाथि १० ओटा बैठक बसेको थियो । बैठकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री, प्रस्तावको संशोधनकर्ताहरु, सम्बन्धित मन्त्रालयका सचिव,कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सम्बद्ध अधिकारीहरुलगायत सरोकारवालको उपस्थिति रहेको थियो । विधेयकमाथि विभिन्न चरणमा समितिमा भएको औपचारीक र अनौपचारिक छलफलपछि प्रतिवेदन तयार पारिएको हो । २०८० कार्तिक १५ गते समितिको बैठकले पारित गरेको विद्युतीय व्यापार विधेयक २०८० सम्बन्धी प्रतिवेदन सभामा पेस गर्दछु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार