सिन्धुलीमा लागूऔषधसहित एकजना पक्राउ

२०७९ चैत्र २१, मंगलवार ०९:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्रामसहित काठमाडौं तारकेश्वर बस्ने २२ वर्षीय राजा खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।५ ख ९१३४ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार