काठमाडौं । नेपाल टेलिकमको फोर जी नेटवर्कबाट हुने टेलिफोन सेवा भ्वाइस ओभर एलटीई (भोल्टे)मा समस्या आएपछि सेवाग्राहीहरू समस्यामा परेका छन् ।
नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बुधबार बिहान करिब पौने दशबजेदेखि भोल्टे सेवामा समस्या आएको बताएका हुन् ।’टुजी, थ्रीजीमा समस्या छैन्, भोल्टेमा समस्या आएको हो, कसैले भोल्टे चलाइरहेका छन् भने टुजी या थ्रीजीमा फेरेर फोन गर्दा समस्या आउँदैन्,’ उनले भने ।
भोल्टेको फोन कलमा समस्या आए पनि फोर जी डाटा नेटवर्कमा भने समस्या नरहेको उनले बताए । भोल्टेमा समस्या आउँदा यसमा आधारित पोस्टपेड तथा प्रिपेड दुवै किसिमका सेवाग्राही फोन नलाग्ने समस्यामा परेका हुन् ।





