तोकिएको समयमै पुल निर्माण गरेपछि निर्माण व्यवसायी लालबहादुर तामाङ सम्मानित

२०८१ आश्विन ७, सोमबार १३:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । तोकिएको समयमा नै पुल निर्माणको काम सम्पन गरेपछि निर्माण व्यवसायी लालबहादुर तामाङ सम्मानित भएका छन् । सिन्धुपाल्चोक, रामेछाप र काभ्रेको संगममा रहेको डासेँ खोला पुलको काम समयमै सम्पन्न गरेपछि भीमेश्वर शिव खिम्ती जेभीका संचालक तामाङ सम्मानित भएका हुन् ।

शनिबार आयोजित पुल उद्घाटन कार्यक्रममा तामाङलाई बागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्का, नेकपा माओवादी केन्द्रका नेता शंकर लामा, शैलुङ गाउँपालिका अध्यक्ष रिमाल बाबू श्रेष्ठ, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा, स्थानीय लगायतले खादामाला सहित सम्मान गरेका हुन् ।

तामाङ निर्माण व्यवसायी दोलखाका महासचिव समेत हुन् । तामाङलाई यसअघि पनि सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले समय सिमा अगावै तोकिएको काम सम्पन्न गरेको भन्दै प्रसंसा पत्र दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय