भुक्तानीको माग गर्दै निर्माण व्यवसायीले बुझाए सरकारलाई ज्ञापनपत्र

२०८१ आश्विन ९, बुधबार १२:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको माग गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको छ । शहरी विकास मन्त्री समेत रहेका सिंहलाई आज भेटेर निर्माण व्यवसायीहरुले भुक्तानी माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । महासंघका अध्यक्ष रवि सिंहका अनुसार राज्यबाट निर्माण व्यवसायीलाई भुक्तानी गर्ने दायित्व करिब ४५ अर्ब रुपैयाँ छ ।

निर्माण व्यवसायीहरुले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएको आयोजना, स्थानीय अस्पताल लगायतका आयोजनाको भुक्तानी नपाएको बताउँदै आएका छन् । काम गरेअनुसारको रकम नपाउँदा निर्माण आपूर्ति चक्र नै अस्तव्यस्त भएको र निर्माण सम्बन्धी उद्योगहरु नै बन्द हुने अवस्था भएको व्यवसायीहरुको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय