हङकङ गएका वडाध्यक्ष नेपाल फर्कन मन गरेनन्,बरु राजीनामा पत्र पठाए

२०८१ आश्विन १६, बुधबार १२:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । विगत ११ महिनादेखि हङकङमै बसेका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले वडाध्यक्ष पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष बोखिमले गाउँपालिका अध्यक्ष मार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै यही असोज १८ गतेदेखि लागू हुने गरी राजीना पत्र बुझाएका हुन् ।

विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय