सुनको मुल्य प्रतितोला एक लाख साठी हजार नजिक

२०८१ आश्विन ७, सोमबार १२:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लागिरहेको सुनको मूल्य आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि आइतबार पनि उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।

आईतबार सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो । यसैगरी, सोमबार चाँदीको भने स्थिर रहेको छ ।

आज चाँदी प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय