एनएमबि बैंक र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सहमति, बैंकद्वारा २५ लाख सहयोग

२०८० पुष २३, सोमबार ११:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायीत्व अन्तर्गत २५ रुपैयाँ लाख सहयोग गरेको छ ।

अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल स्वास्थ्य सुधार गर्ने उद्देश्यसहित यो सहयोग गरिएको बैंकले जनाएको छ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र हस्पतालका अध्यक्ष डा.भगवान कोईरालाबीच सहमति आदनप्रदान गरिएको छ ।

एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार