माछापुच्छ्रे बैंकको सिइओमा पुनः सन्तोष कोइराला नियुक्त

२०८० पुष ६, शुक्रबार १३:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन्।

बैंकको बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो। साढे २ दशकभन्दा लामो अनुभव बटुली सकेका कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन्।

उनी पहिलो कार्याकालमा बैंकको वित्तीय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै संस्थागत सुशासनमा अब्बल सावित भएका बैंकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार