महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, नगद कति?

२०८० पुष ४, बुधबार १२:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको ६.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पुस ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने हुन्छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ छ । जसको ६.४० प्रतिशतले कूल २६ करोड ६९ लाख रुपैयाँ नगद लाभांश सेयरधनीलाई वितरण गर्ने कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार