एनएमबि बैंकले घटायो ब्याजदर, अधिकतममा ९ प्रतिशत ब्याजदर दिने

२०८० मंसिर २५, सोमबार ११:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । एनएमबि बैंकले ब्याजदर घटाएको छ। बैंकले आजै (मंसिर २५ गते) देखि लागु हुने गरी ब्याजदर घटाएको हो।

बैंकले जारी गरेको नयाँ ब्याजदर अनुसार बैंकले पुस महिनामा मुद्दति निक्षेपमा अधिकतममा ९ प्रतिशत ब्याजदर दिनेछ। बैंकले १० वर्ष माथिको मुद्दति निक्षेपमा सो ब्याजदर तोकेको हो ।

त्यस्तै, बैंकले ३ देखि ६ महिनाको मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याजदर तोकेको छ। यस बैंकले मंसिर १ गतेबाट अधिकतममा ९.५० प्रतिशत ब्याजदर कायम गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार