प्रभु बैंकको ६ लाख ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२०८० आश्विन १५, सोमबार १३:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रभु बैंकको ६ लाख ११ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा रहेको हो ।

बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक शेयर बिक्री ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन पाउनेछन् ।

शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ । बैंकले तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर विक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार