गरिमा विकास बैंकको १२२औं शाखा कीर्तिपुरमा विस्तार

२०८० आश्विन १२, शुक्रबार १७:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । गरिमा विकास बैंकले कीर्तिपुरमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औं शाखा कार्यालय सञ्चालन गरेको छ ।

देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आइरहेको बैंकले शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिँदै बैंकले ऐतिहासिक धरोहर बोकेको उक्त ठाउँमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

हाल, बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटीएम एवं डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार