काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले सुमेरु हस्पिटल प्राइभेट लिमिटेड धपाखेल, ललितपुरको ओपीडी तथा आईपीडी सेवामा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत, एशियन बुद्ध होटल सिद्घार्थनगर–६, भैरहवाको फुड, बेभ्रेज तथा ग्रील बारमा १० प्रतिशत, एसपीएमा २० प्रतिशत, मल्ल फेन्सी आँबुखैरेनी–३, तँनहुको फेन्सि आईटममा १० प्रतिशत, रिशु ब्युटी पार्लर हेटौंडा–४, मकवानपुरको १ हजार भन्दा माथिको ब्युटी सर्भिसमा १० प्रतिशत, ब्युटीफूल कलेक्शन बाँसबारी, काठमाडौंको क्लोथिङ प्रडक्टस् मा १० तथा झोला तथा जुत्तामा ५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।





