एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश दिने

२०८० भाद्र ३०, शनिबार १२:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

सञ्चालक समितिको बैठकको निर्णय अनुसार बैंकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार