लगानी कोषका सेवाग्राहीहरूले इ–सेवा प्रयोग गरी नागरिक पेन्सन योजनाको मासिक भुक्तानी गर्न सकिने

२०८० भाद्र २७, बुधबार १४:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । इ–सेवा र नागरिक लगानी कोषबीच सेवा विस्तार बारे एक सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार नागरिक लगानी कोषका सेवाग्राहीहरूले इ–सेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्नेछन्।

सो सम्झौतामा इ–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका तर्फबाट निर्देशक सिए शोभा श्रेष्ठले हस्ताक्षर गरे। हाल ८० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इ–सेवा र नागरिक लगानी कोषको यो सहकार्यले नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा दिँदै विद्युतीय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको छ।

हाल इ–सेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत् ८० लाख बढी ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका २ लाख १५ हजारभन्दा बढी एजेन्ट ९इ–सेवा जोन तथा पोइन्ट० मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्।

इ–सेवाबाट इन्योरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, लोक सेवा आयोगको आबेदन दस्तुर, आन्तरिक राजस्व कार्यालयको राजस्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार