काठमाडौँ । गरिमा विकास बैंकले ११.९९ स्थिर ब्याजदरमा घर र एसएमई कर्जा दिने भएको छ । नेपालीको ‘आफ्नै घर, आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित उक्त ब्याजदरमा सरल घर कर्जा र सरल एसएमई आवधिक कर्जा ल्याइएको बैंकले जनाएको छ ।
‘कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुनेछ’ विकास बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘घर कर्जा र सरल एसएमई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने छ ।’
इच्छुक ग्राहकले आफुलाई पायक पर्ने गरिमा विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङ्ग मार्फत सरल, सक्षम एवं विश्वासनिय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।





