मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब ३६ करोड

२०८० श्रावण २१, आईतवार ०७:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौँथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको कम्पनीले १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको भन्दा १.६४ प्रतिशत बढी हो।

असार मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा १.८३ प्रतिशतले बढेर १ अर्ब ९६ करोड ६४ लाख ५३ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ अर्ब ९३ करोड १० लाख ९१ हजार रुपैयाँ रहेको थियो। यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.१४ प्रतिशतले बढेर ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ रहेको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ३२ करोड ९७ लाख ७९ हजार रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार