एभरेष्ट बैंकको नाफामा उछाल, कस्ता छन् वित्तीय विवरणहरु?

२०८० श्रावण २१, आईतवार ०६:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.८५ प्रतिशतले बढी हो। अघिल्लो आवको चौंथो त्रैमासमा भने बैंकले २ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ४३.७४ प्रतिशतले वृद्धि भई ७ अर्ब ४४ करोड ८० लाख ७४ हजार रुपैयाँ पुगेको छ । यस्तै, समिक्षा अवधिमा बैंकको संचालन नाफा ४ अर्ब ८४ करोड ७० लाख ५१ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.५० प्रतिशतले बढी हो ।

बैंकको वितरणयोग्य नाफा पनि बढेर ४ अर्ब ३३ करोड ३२ लाख ५ हजार रुपैयाँ पुगेको छ । बैंकको हाल कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ रहेको छ । यस वर्ष बैंकले आफ्ना सेयरधनीहरुलाई ४०।५० प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । यो अन्य बैंकहरुको तुलनामा उच्च हो ।

बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार