कुमारी बैंक र वर्ल्डलिंक कम्युनिकेसन्सबीच सम्झौता, वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

२०८० असार २७, बुधबार ०६:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कुमारी बैंक लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकमध्ये वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् भने त्रैमासिक सदस्यता छनौट गर्नेहरुले ५ प्रतिशत छुट पाउनेछन् । यो छुट प्राप्त गर्नलाई ग्राहकले आफ्नो कुमारी स्मार्ट मोबाइल बैंकिङ एप वा आफ्नो कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्नेछ ।

डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यस सहकार्यमार्फत वर्ल्डलिंकको सुविधामा छुट मिल्ने व्यवस्था मिलाएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार