काठमाडौँ । प्रभु बैंकले ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थापक सेयरधनी कमल श्रेष्ठ, राकेशकुमार सरावगी, ग्लोबल आइएमई समुन्नत योजना–१ र सविता दली जोशी रहेका छन्।
संस्थापक सेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार सरावगीको २ लाख १५ हजार ८५३ कित्ता, ग्लोबल आइएमई समुन्नत योजना–१को १ लाख २८ हजार ३८१ कित्ता र सविता दली जोशीको ७ हजार कित्ता सेयर छन्।
यस सेयर हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् भने इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौँको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।





