असारमा बैंकको ब्याजदर स्थिर रहने एनबीएको निर्णय

२०८० जेष्ठ ३०, मंगलवार ०८:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काडमाडौं । असार महिनामा बैंकको ब्याजदर स्थिर रहने भएको छ । आज (मंगलबार) बसेको बैंकर्स संघ (एनबीए) बैठकले असारका लागि निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् भने मुद्दती निक्षेपमा ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । यता कर्जाको ब्याजदर भने घट्ने भएको छ ।

सँगै केन्द्रीय बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा मार्फत १ प्रतिशतले बैंकदर घटाउँदै स्प्रेडदरलाई समेत ४.०२ प्रतिशतमा झार्नुपर्ने हुँदा कर्जाको ब्याजदर घट्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार