नेपाल टेलिकममा ४९ जनाले नाम निकाल्न सफल

२०७९ चैत्र ६, सोमबार १०:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेपाल टेलिकममा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत ४९ जनाले नाम निकाल्न सफल भएका छन् ।

स्थायी सेवाका लागि तह ४ को टक्निसियन पदका लागि ५३ सिटमा लोकसेवा आयोगद्धारा लिइएको परीक्षामा उनीहरु उत्तीर्ण भएका हुन् ।

आयोगका अनुसार समावेशी प्रतियोगितामा सिट संख्या छुट्याएर विज्ञापन गरेकोमा खुलातर्फ २९, महिलातर्फ ६, आदिबासी जनजातितर्फ ७, मधेसीतर्फ ५, दलिततर्फ २ र अपाङ्ग पिछडिएको क्षेत्रबाट १/१ जना उत्रिर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार