काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन्। प्रदेश सभा सांसद गिरीलाई सचेतकमा कांग्रेस संसदीय दलको कार्यालयले नियुक्त गरेको हो।
गिरीलाई सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए। उनी गत मंसिरमा भएको चुनावमा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्।
गिरी झिमरूक गाउँपालिका-७ प्यूठानकी हुन्। गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत छिन्।





