काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रदेशसभा अन्र्तगत दोस्रो अधिवेशनको २० औँ बैठक सोमबारका लागि बोलाइए पनि सभामुख र उपसभामुखहरूको सम्मेलन लम्बिएको जनाउँदै सूचनामार्फत मंगलबार दिउँसोका लागि बैठक सारिएको हो । प्रदेशसभा बैठकमा यसअघि पेश भएका निजामती कर्मचारीसम्बन्धी विधेयक माथि छलफल हुने कार्यसूची छ ।
त्यस्तै, स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पनि प्रदेशसभामा विचाराधिन छ ।