भूकम्पमा परी घाइते भएका ७ जनाको उपचार त्रिवि शिक्षण अस्पतालमा गरिदै

२०८० कार्तिक १८, शनिबार १६:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । रूकुम पश्चिममा भूकम्पमा परी घाइते भएका ७ जनालाई काठमाडौं ल्याइएको छ।

नेपाल वायु सेवा निगमको ट्वीनअटर जहाजमार्फत ७ जना गम्भीर घाइतेहरूलाई काठमाडौं ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी कुबेर कडायतले जानकारी दिए। उनीहरूलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको पनि डीआइजी कडायतले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो। निगमको एक ट्वीनअटर जहाज आज बिहानैदेखि प्रभावित क्षेत्रमा उद्धार उडानमा खटिएको छ । उक्त जहाज चिकित्सक एवं स्वास्थ्य सामग्री लैजान परिचालन गरिएको छ।

भूकम्पमा परी रूकुम पश्चिममा मात्रै ३८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको स्थानीय र प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार