भारतमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले एक ध्यान शिविर उद्घाटन गरेका छन् । रेशिमबाग मैदानमा सञ्चालित उक्त कार्यक्रमको विद्यालय शिक्षामन्त्री दीपक केसरकार र पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।
महर्षि शिवकृपानन्द स्वामीद्वारा प्रेरित प्रबचन र ध्यान गराइको छ । यो हरेक दिन बेलुका पाँच बजेदेखि बेलुका आठ बजेसम्म चल्नेछ । सो ध्यान शिविर तीन गतेदेखि दस गतेसम्म चल्नेछ । ध्यान शिविरमा नेपालबाट प्रतिनिधित्व गरी मंगलबार नगर प्रमुख आचार्यसहित १६ जना नेपाली साधकको उपस्थित रहेको थियो । निःशुल्क ध्यान शिविरले जाति, धर्म, भाषा, देश वा लिङ्गको भेदभावलाई हटाउनका निमित्त बिश्वभरका ७० राष्ट्रका करिब १ लाख पचास हजारको सहभागीता रहेको थियो ।
उक्त ध्यान शिविरमा नेपालबाट प्रतिनिधित्व गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताको सहभागी रहने जानकारी गर्दै नेपाल समन्वयकर्ता तुलसिराम रेग्मीले बताए । उनका अनुसार राष्ट्रीय स्वतन्त्र पार्टीका चितवन क्षेत्र न. १ को संघीय सासंद हरि ढकाल, नेकपा एमाले केन्द्रिय सचीव तथा पुर्व पर्यटन तथा खेलकुद मन्त्री योगेन्द्र भट्टराई, नेपाली काङ्ग्रेसका काठमाडौ क्षेत्र न. ५ का सासंद प्रदिप पौडेलको सहभागी रहेने रेग्मिले जानकारी दिएका छन् ।





