नेपाल स्काउटद्वारा काठमाडौंको विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

२०८० कार्तिक १५, बुधबार १४:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल स्काउट नेशनल ओपन स्काउट क्र्यूले तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राबिधिक सहयोग लिई देशको विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

त्यसैगरी यस पटक पुनः काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ६ स्थित महाकवि देवकोटा मेमोरियल माध्यमिक बिद्यालय मूलपानीमा नेपाल रेड्क्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखा र महाकवि देवकोटा स्काउट क्र्यूको संयुक्त आयोजना रहेको छ ।

तारकेश्वर नगरपालिकाको वडा नम्बर २ स्थित ग्रीन हिल्स एकेडेमी काभ्रेस्थलीको ठाँटीमा नेपाल स्काउट, नगर स्काउट कार्यालय तारकेश्वर, नेशनल ओपन स्काउट क्र्यू, मूलपानी, तारकेश्वर स्काउट क्र्यू,गोलढुङामा संयुक्त आयोजनामा गरिएको छ ।

कात्तिक १८ गते शनिबार तारकेश्वरमा र २० गते सोमबार कागेश्वरी मनोहरामा बिहान ९ बजेदेखि १ बजेसम्म बृहत निः शुक्ल आँखा परिक्षण शिविर सञ्चालन हुने भएको छ । आँखा शिविरबाट छानिएका मोतियाविन्दुका बिरामीहरुलाई तिलगंगा आँखा प्रतिष्ठान द्वारा निःशुल्क शल्यक्रिया गराइने व्यवस्था समेत रहेको कार्यक्रमका संयोजक बिदुर गिरिले जानकारी दिए ।

शहरी क्षेत्रको ग्रामीण भेगहरुमा आँखाका बिरामीहरु निकै नै रहेको र उनीहरु विविध कारणले अस्पतालमा गएर उपचार गर्नबाट बञ्चित भएकाले यस समस्यालाई निराकरण गर्ने बताए । आँखा रोगको बारेमा जन स्थरमा जनचेतना जगाउने उदेश्यले शिविर आयोजना गरिएको र उक्त दुबै शिविरमा करिब एक हजार भन्दा बढी बिरामीहरुको आँखा परिक्षण तथा निःशुल्क औषधी वितरण गरिने गिरिले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार