उपप्रधानमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’भएको पुष्टि

२०८० कार्तिक २, बिहीबार १६:२९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको पुष्टि भएको छ । चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठको आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा (इः)’ मा अवरोध देखिएकोे उनको सचिवालयले जनाएको छ ।

बिहीबार उनी उपचाररत् पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल बेइजिङले उपप्रधानमन्त्री श्रेष्ठको ‘मेडिकल सर्टिफिकेट’ जारी गर्दै एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको जानकारी दिएको सचिवालयको भनाई छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा(इः)’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनको मुटुको बायाँ धमनीमा महत्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ।

श्रेष्ठलाई अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा राखिएको र उनको अवस्था सुधारोन्मुख रहेको पनि अस्पतालले जनाएको छ। ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो।

चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार