सरकारले शिक्षा विधेयक एउटा ल्यायो र सम्झौता अर्को ग¥योः सांसद बास्कोटा

२०८० आश्विन १९, शुक्रबार १३:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सांसद गोकुल बास्कोटाले सरकारले शिक्षा विधेयक एउटा र सम्झैता अर्को गरेको बताएका छन् । शुक्रबार बसेको विद्यालय शिक्षा विधेयक, २०८० माथिको सामान्य छलफलमा उनले शैक्षिक क्षेत्रमा गरिएको अन्दधुन्द निजीकरणको परिणाम देशले ब्यहोर्नु परेको बताए ।

उनले भने, ‘शैक्षिक क्षेत्रमा गरिएको अन्दधुन्द निजीकरणको परिणाम आजको शैक्षिक बेथिती, अतिराजनीतिकरण गुणस्तरमा कमी, ‘ब्रेन डेन’को अवस्था सबै भविष्यका कर्णधारले यो देश मेरो हो र म यहाँ बाँच्न सक्छु भन्ने आधार सिर्जना भएन ।’ सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरूले आफ्नै बच्चाहरूको विश्वास जित्न नसकेको अवस्था आएको उनको भनाइ छ ।

जापान बनाउँछु, स्वीट्जरल्यान्ड बनाउँछु भनेर मात्र केही नहुने सबै कुराको गुणस्तर सुधार गर्नुपर्नेमा बास्कोटाले जोड दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार