फागुन २७ देखि आइपिओ जारी गर्दै टक्सार पिखुवा खोला हाइड्रोपावर

२०८२ फाल्गुन १३, बुधबार १२:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आगामी फागुन २७ गतेदेखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर जारी गर्न लागेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ४२ लाख ३० हजार ६६८ कित्ता आइपिओ निष्कासनको अनुमति पाएको छ। जसमध्ये पहिलो चरणमा स्थानीयका लागि १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ३ हजार ६७ कित्ता सेयर छुट्याइएको छ। यसबाहेक सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कर्मचारीका लागि ६० हजार ६१३ कित्ता सुरक्षित गरिएको छ।

बाँकी २५ लाख १५ हजार ४५५ कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री गरिनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत १ गतेसम्म र स्थानीय बासिन्दाले चैत ११ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार