सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त

२०८० माघ १५, सोमबार १४:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितीको बैठकले केडियालाई अध्यक्षमा सर्वसम्मतीले नियुक्त गर्ने निर्णय गरेको हो ।

गत बिहीबार सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभाले रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्कालाई सदस्यमा निर्विरोध निर्वाचित गरेको थियो । सोही सदस्यहरुमध्यबाट केडिया अध्यक्षमा नियुक्त भएका हुन् ।

अध्यक्षमा नियुक्त भएपछि आईतबार केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय