पलेसा गोवर्धनलाई गण्डकी प्रदेशले गर्यो नगद सहित सम्मान

२०८१ भाद्र ३०, आईतवार १३:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा । पेरिससमा सम्पन्न पारा ओलम्पिकमा काँस्य पदक जितेर इतिहास रचेकी पलेशा गोवर्धनलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । पोखरामा एक समारोहकाबीच पलेशालाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले सम्मान गरेका हुन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले १ लाख ५० हजार नगद रुपैयाँले सम्मान गरेका छन् भने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २ लाख २२ हजार २२२ रुपैयाँ सहित सम्मान गरे । महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरेको छ ।

कास्की जिल्ला तेक्वान्दो संघले पलेशालाई ५१ हजार रुपैयाँ र प्रशिक्षक लामालाई १० हजार ५५ रुपैयाँ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय