राजेन्द्र महतोले खोले नयाँ दल, सुमन सायमी पनि सामेल

२०८१ आश्विन १, मंगलवार १६:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी खोलेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाईरहेका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो ।

नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन । पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ । महतोको नेतृत्व रहने महतोको दलमा लोसपा छाडेका अन्य नेताहरु पनि छन् । सुमन सायमी, बुद्धराज स्याङ्तान लगायतका नेताहरु पनि छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय