नेपाल अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित

२०८२ भाद्र १२, बिहीबार १४:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल साउथ अस्ट्रेलिया (एसए) सँगको दोस्रो अभ्यास टी-२० खेलमा पनि पराजित भएको छ । अस्ट्रेलिया आज भएको दोस्रो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ रनले पराजित भएको हो ।

साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १५७ रनमा अलआउट भयो । नेपालका लागि रुपेश सिंहले १९ बलमा ३७ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । लोकेश बमले २६ बलमा ३२ रन बनाए ।

त्यसअघि पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । बलिङमा नेपालका रुपेश सिंह र करण केसीले समान २-२ विकेट लिएका थिए।

यसअघि आजै भएको पहिलो खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय