रोनाल्डोको अल नासरलाई स्तब्ध पार्दै अल अहलीले जित्यो साउदी सुपर कपको उपाधि

२०८२ भाद्र ८, आईतवार १४:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । अल अहलीले अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको छ। हङकङमा शनिबार सम्पन्न खेलमा अल अहलीले पेनाल्टी सुटआउटमा ५(३ ले जित हासिल गर्दै साउदी सुपर लिगको उपाधि जितेको हो।

यस अघि निर्धारित ९० मिनेटको खेमा दुवै क्लबले २-२ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। २-१ गोल अन्तरले पछि रहेको अवस्थामा अल अहलीका लागि रोजर इबानेजले गोल गर्दै खेल बराबरी गरेर खेलमा फर्काएका थिए।

त्यस्तै यसअघि अहलीका लागि फ्र्यांक केसिएले गोल गरेका थिए। त्यस्तै अल नासरका लागि क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय