प्रधानमन्त्री कप महिला क्रिकेटः सुदूरपश्चिमले गण्डकीलाई २४ रनले हरायो

२०८० पुष १४, शनिबार १२:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २४ रनले हराएको छ । सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले निर्धारित ओभरमा २ विकेट गुमाएर १०३ रनमात्रै बनाउन सक्यो ।

गण्डकीका लागि सुमन खतिवडाले नटआउट ४९ रनको परि खेल्दा सिमाना केसीले १९ रन जोडिन् । यस्तै, सिर्जना पौडेलले १५ रन बनाइन् भन् कुसम गोदाले १ रनको नटआउट पारि खेले पनि जित दिलाउन असफल भइन् । गण्डकीकी सिमना केसी रिटायर्ड हट भएकी थिइन् भने सुदूरकी ऋतु कनौजिया र कविता जोशीले एक–एक विकेट लिए ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२७ रन बनाएको थियो । उसका लागि सम्झना खड्काले २६ रन बनाउँदा कप्तान ऋतुले नटआउट २१ रन बनाइन् । यस्तै रेवती धामी १८ रनमा रनआउट भइन् भने विन्दू रावलले १२ रन बनाइन् ।

गण्डकीका लागि कुसुम गोदार र रचना चौधरीले दुई दुई विकेट लिँदा सुमन खतिवडाले एक विकेट लिइन् । सुदूरपश्चिमले प्लेअफ खेल्ने छ भने गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले यो प्रतियोगितामा १ खेलमा मात्रै जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार