कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने

२०८२ आश्विन १२, आईतवार ०८:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक असोज २६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार