राष्ट्रिय सभाका लागि नेकपा एसबाट घनश्याम र सावित्री चयन, माघ ११ गते चुनाव हुँदै

२०८० पुष २३, सोमबार ११:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा(एकिृत समाजवादी)ले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि दुई उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले आफ्नो भागमा परेका दुई सिटका लागि उम्मेदवारको टुंगो लागाएको हो ।

पार्टीले बाग्मतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । त्यस्तै, कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए । उम्मेदवारको टुंगो लगाउने जिम्मा सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो ।

राष्ट्रिय सभा निर्वाचनका लागि आज(सोमबार) मनोनयन दर्ता र माघ ११ गते चुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार