काठमाडौं । वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले बालकुमारीमा शुक्रबार भएको घटनाको छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन माग गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा देशभक्त राष्ट्रवादीहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गृहमन्त्री, प्रधानमन्त्री जसको आदेशमा गोली चलेको भए पनि दंगा नियन्त्रण गर्दा अपनाइनुपर्ने विश्वव्यापी नियम उल्लंघन गरी आदेश दिएको पाइएमा दोषीलाई कानुनी कठघरामा ल्याउनु पर्ने बताएका हुन् । कोरियाली भाषा परीक्षामा सहभागिताको माग गर्दै भएको प्रदर्शनमा २२ र २३ वर्षका दुई युवाको मृत्यु भएको थियो ।
‘देशमा जागिरको खोजी गर्ने नेपाली होनाहार दुई जना युवाहरूको हिजो हत्या भएको छ । यो भेलाले एउटा प्रतिवेदन तयार पारेर सरकारलाई पेस गरोस् । यो सम्बन्धित अधिकारीहरू जसको गलत आदेश थियो, हुन सक्छ, पुलिस अधिकारी, गृहमन्त्री, प्रधानमन्त्री जोसुकै भए पनि कानुन उल्लंघन भएको छ भने कानुनको कठघरामा ल्याउने आवाज को उद्घोष यो कार्यक्रमले गरोस् भन्ने चाहन्छु,’ उनले भने,‘ कुनै पनि दंगा नियन्त्रण गर्दा अपनाइनुपर्ने विश्वव्यापी नियम छ । त्यो नियम उल्लंघन ग¥यो भने त्यो दंगा अथवा त्यस्तो शक्ति प्रयोगबाट पु¥याएर क्षति भएकोलाई जवाफदेहिता बनाउनुपर्छ भन्ने अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त छ । त्यहााँ भाग्दा भाग्दै समातिएर गोली हानेर, कुटेर मारिएको छ । त्यसैले यसको ठोस निर्णय र माग राखेर यो कार्यक्रमले सरकारलाई पेस गरोस् ।’
उनले गणतान्त्रिक व्यवस्था सर्वोत्कृष्ट व्यवस्था भए पनि केही खराब पात्रहरूले खराब बनाएको आरोप लगाए । उनले भने, ‘यो गणतान्त्रिक व्यवस्था सर्वोत्कृष्ट व्यवस्था हो, यो व्यवस्थालाई काम नै नलाग्ने व्यवस्था रहेछ भन्ने खराब पात्रहरुले हो । केही नेताहरु खराब भएका हुन् । त्यसैले यो व्यवस्था खराब भएको हो ।’





