नेकपा एसको सचिवालय बैठक आजपनि बस्ने

२०८० पुष ७, शनिबार १०:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ ।

पुष २ र ३ गते लगातार दुई दिन बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन मिति तय गर्नेदेखि विधान संशोधन मस्यौदामाथि छलफल गर्दै आएको छ । महाधिवेशन केन्द्रीत विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भइरहेको बताइए पनि सचिवालयले यी विषयलाई टुंग्याउन सकेको छैन । तीन गते बसेको सचिवालय बैठकले पूर्व निर्धारित केन्द्रीय परिषद् बैठक र अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेका थियो ।

आज ११ बजेपछि बस्नेगरी स्थगित बैठक पार्टी कार्यालय आलोकनगरमा बस्दै छ । आजको बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि छलफल जारी रहने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार