नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षी तीन दलले विरोधपछि बैठक अवरुद्ध(भिडियो)

२०८० जेष्ठ २१, आईतवार ०७:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा एमाले सहितका प्रतिपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन्। आइतबार संसदको बैठक सुरु भए लगतै राष्ट्रिय स्वतन्त्र पार्टी, एमाले र राप्रपाका सांसदहरु उठेका थिए ।

सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले प्राधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा उनले वंगलादेशको फूलवारी बन्दरगाह प्राप्त गर्न कालापानी दिन तयार छौं भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । यसमा प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने, नभए संसद चल्न नसक्ने उनले बताए ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राजेन्द्र लिङ्देन लगायतले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको बताए । राष्ट्रपति संस्थालाई सत्ता स्वार्थका लागि दुरुपयोग गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार