काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार सांसद पदबाट राजीनामा दिएका छन् । उनले सभामुख देवराज घिमिरेसमक्ष राजीनामा दिएका हुन् ।
गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी तनहुँ क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि सांसदबाट राजीनामा दिएका हुन् ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।





