पौडेलले लिए तेस्रो राष्ट्रपतिका रूपमा शपथ

२०७९ फाल्गुन २९, सोमबार ०७:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतको शपथ लिएका छन् । उनले सोमबार मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिएका हुन् ।

पौडेललाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराए । काठमाडौंको महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा शपथ समारोह आयोजना गरिएको थियो । पौडेल अब पाँच वर्षका लागि शीतलनिवासमै बस्नेछन् । यही फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पौडेलले नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए । संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका थिए ।

उनका प्रतिस्पर्धी नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार पाएका थिए । यसैबीच, राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरी विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट महाराजगन्जस्थित छोरीको निवासमा सर्दै छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार