म मन्त्री बन्ने लाइनमा छैनः महामन्त्री थापा

२०७९ फाल्गुन २८, आईतवार ०९:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले आफूले मन्त्री होइन, प्रधानमन्त्रीका लागि तयारी गरेको बताए । प्रधानमन्त्री बन्ने तयारीका साथ संसदीय दलको नेताको चुनाव लडे पनि नसकेको भन्दै उनले भने, ‘म मन्त्री बन्ने लाइनमा छैन ।’

अब ५ वर्ष सांसदका रुपमा जिम्मेवारी निभाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार