रेडक्रस कालिकोटले तिलागुफा नगरपालिकालाई गर्यो आपतकालिन सामाग्री हस्तान्तरण

२०८२ मंसिर १६, मंगलवार १३:२४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाले तिलागुफा नगरपालिकाको स्थानीय आपत्त्कालीन कार्य सञ्चालन केन्द्रका लागि खोज तथा उद्धार र प्राथमिक उपचार सामग्री हस्तान्तरण गरेको छ ।

जिल्ला शाखा कोषाध्यक्ष कुलमान शाहीले नगर प्रमुख शंकरप्रसाद उपाध्यायलाई सामग्री हस्तान्तरण गरेका हुन् । वासिङ मेसिन १ थान, इलेक्ट्रिक हीटर २ थान, ३ सीटेड ( विरामी कुरुवा) चियर ३ थान, वाटर डिस्पेन्सर १ थान, स्ट्रेचर ४० थान, अग्नि सामक यन्त्र ५ थान लगाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

 

साथै, लगजम्वर्ग रेडक्रसको आर्थिक सहयोगमा नगर भित्रका ११ वटा माध्यमिक विद्यालयमा ११ सेट प्राथमिक उपचार सामग्री पनि हस्तान्तरण गरिएको छ ।सो कार्यक्रममा नगर उपप्रमुख महेन्द्र बहादुर शाही र विभिन्न वडाका वडा अध्यक्षहरू, पालिकाका कर्मचारीहरू, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र कालीकोट जिल्ला शाखाअन्तर्गत एकीकृत पुनर्लाभ तथा आपत्कालीन प्रतिकार्य कार्यक्रमका कार्यक्रम संयोजक तथा सामाजिक परिचालकहरूको रहोवरमा सो सामान हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार